शनिबार, वैशाख ८, २०८१

७ वटा कम्पनी कालोसूचीमा, कुन/कुन परे सूचनासहित

मेरोन्यूज २०७८ साउन २१ गते ७:२२

काठमाडौं । सार्वजनिक खरिद ऐन उलङ्घन गर्ने ७ वटा कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद कार्यालयको बुधबार बसेको बैठकले ती निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।

कालोसूचीमा राखिएको अवधीभर ती कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने खरिद अनुगमन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

कारागार कार्यालय कालिकास्थान काठमाडौ.को सिफारिसमा विक्रम कुमार नेवार मुख्यव्यक्ति रहेको ए.के. एण्ड गान्बा कन्स्ट्रक्सनलाई २ वर्ष कालोसूचीमा राखिएको छ । यस्तै अन्य ६ वटा कम्पनीलाई एक वर्ष कालोसूचीमा राखिएको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

कुन/कुन कम्पनी कारवाहीमा परे त हेर्नुस सूचना

प्रतिक्रिया