शुक्रबार, वैशाख ७, २०८१

आजको राशिफल: तपाईंको दिन शुभ/अशुभ थाहा पाउनुहोस

ज्यो. दिवाकर पन्त २०७८ साउन २१ गते ६:१७

काठमाडौं । आज २०७८ साल श्रावण महिनाको २१ गते बिहीबार, श्रावण कृष्णपक्षको द्वादशी तिथि । अब लागौं आजको राशिफलतर्फ

मेष
पेशागत जीवन सकारात्मक दिशामा जाने छ । कामको कदर हुने छ । व्यावसायमा रहेकाहरुको हकमा पनि आम्दानीमा बृद्धि हुने समय रहेको छ । छोटो छोटो यात्रामा जानु पर्ने हुन सक्छ । बोलीमा कडापन देखा पर्न जाँदा काममा बाधा उत्पन्न गराउने छ ।

वृष
बोलीमा नरमपनाको मात्रा बढ्न पुगेता पनि कडा खालको व्यक्तित्व हुने भएकाले संयमित रहनु नै बुद्धिमानी हुने छ । पेशागत क्षेत्रमा उन्नति प्रगतिका नतिजाहरु आउने छन् । आम्दानीमा पनि बृद्धि हुँदा मनमा सन्तोष् मिल्ने छ ।

मिथुन
लचक प्रकृतिको व्यक्तित्व हुने छ । परिवारको साथले गर्दा व्यक्तित्वमा दृढता आउने छ भने मनमा पनि सन्तोष उत्पन्न हुने छ । भाग्यहिनताको आभाषले गर्दा बेला बेला हिनताबोधको अनुभुति हुन जाने छ । पेशागत जीवन सकारात्मक खालको हुने छ ।

कर्कट
दृढ खालको व्यक्तित्व हुँदा हुँदै पनि बौद्धिकताको अभावले गर्दा नोक्सानी व्योहर्नु पर्ने छ । मनमा दुविधाको मात्रा अत्याधिक आउने हुँदा निर्णय क्षमतामा गिरावट आउने छ । पेशागत जीवनमा समस्याहरु देखा पर्ने भएकाले संयमित रहनु होला ।

सिंह
दृढ खालको व्यक्तित्व हुने छ । कसैसँग नझुक्ने खालको स्वाभावका कारण प्रतिष्पर्धीहरु हच्कने छन् । पेशागत जीवनबाट व्यक्तित्वमा अझ सकारात्मक प्रभाव बढ्न पुग्ने छ । घर घडेरीको क्षेत्रबाट फाइदा प्राप्त हुने छ । आम्दानी भने सोचे जस्तो हुने छैन् ।

कन्या
पेशागत जीवनमा शुभता रहने छ भने आम्दानीमा पनि बृद्धि हुन जाने छ । आफ्नो सपना पुरा गर्नका लागि सक्रियता लिने व्यक्तित्व बन्ने छ । साझेदारीमा गरिएका काममा भने उल्झनहरु आउने भएकाले सजग रहनु होला ।

तुला
पदोन्नति तथा कदर प्राप्त हुने समय सक्रिय रहेकाले कामको उच्च मुल्यांकन हुन जाने छ । पेशागत क्षेत्रबाट भाग्यको अभिबृद्धि हुने छ । भाग्यको बलियो साथ रहेकाले बोलीको प्रभाव पनि बढ्न जाने छ । आम्दानीमा बृद्धि हुँदा मनमा सन्तोष उत्पन्न हुने छ ।

वृश्चिक
आम्दानीमा पनि बृद्धि हुने छ । पेशागत क्षेत्रबाट भाग्योदय हुने छ । यति हुँदा हुँदै पनि मनमा निराशाको भावले पटक्कै छोड्ने छैन् । नकारात्मक विचारको श्रृंखला आउने भएकाले मन नियन्त्रणमा प्रयास गर्नु पर्ने देखिन्छ ।

धनु
। प्रतिष्पर्धात्मक स्वाभाव भने कायम रहँदा केही राहत अवश्य मिल्ने छ । बोलीको कडापनका कारण केही काममा बाधा आउने भएता पनि परिवारको साथ दलियो गरि मिल्ने छ । साझेदारमा गरिएका कामबाट फाइदा मिल्ने छ । पेशागत जीवनमा भने द्वन्दात्मक संघर्षको सामना गर्नु पर्ने चुनौति रहेकाले संयमित रहनु होला

मकर
दृढ खालको व्यक्तित्व कायम रहने छ । तर कतिपय सन्दर्भमा हुँदै नहुने विषयमा पनि अडान लिने अतिवादीपना देखा पर्ने भएकाले यस्ता विषयमा जोगिनु नै बृद्धिमानी हुने छ । आम्दानीको हिस्सा गलत ठाउँमा पुगेर डुब्ने खतरा रहेकाले विचार पुर्याउनु होला ।

कुम्भ
अरुको पनि कल्याण चाहने सोच मनमा आउने छ । अध्ययन अध्यापनमा ढिलाई हुने भएता पनि बौद्धिकताको मात्रामा भने प्रभावकारी व्यक्तित्व बन्ने छ । बोलीको प्रभावमा कमि आउने छ । जीवनसाथिको साथले पेशागत जीवनलाई स्थिर बनाउन भुमिका खेल्ने छ ।

मीन
भाग्यहिनताको अवस्थाले गर्दा प्रगति उन्नतिहरु अबरुद्ध हुने छन् । व्यक्तित्वमा गिरावट आउने छ । आमदानीमा भने केही बृद्धि हुन पुग्दा राहत मिल्ने छ । पेशागत जीवनमा अपमानको अवस्था वा उतारचढावको अवस्था आउने भएकाले संयमता नगुमाउनु होला ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया