बिहीबार, वैशाख १३, २०८१

प्रहरी परीक्षामा सहभागी भएका नक्कली परिक्षार्थी पक्राउ

मेरोन्यूज २०७८ साउन २० गते २०:५५

काठमाडौं । प्रहरी जवान पदको परीक्षामा सहभागी भएका नक्कली परिक्षार्थीसहित ६ जना पक्राउ परेका छन् । १ नं. प्रदेश प्रहरी तालिम केन्द्र रानी, विराटनगरमा संचालित प्रहरी जवान पदको परीक्षामा सहभागी भएका नक्कली परिक्षार्थीसहित ६ जनालाई जिल्ला प्रहरी कार्यायल मोरङले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भोजपुर जिल्लाका पौवादुङ्मा गाउँपालिका ६ बस्ने २३ वर्षीय सुर्य राई, १९ वर्षीय सागर राई, २२ वषीय संगम राई, धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका ८ बस्ने १९ वर्षीय सरोज राई, धनकुटा जिल्ला शहिदभूमि गाउँपालिका ३ बस्ने २१ वर्षीय खपाङ राई र साँगुरीगढी गाउँपालिका ८ बस्ने २७ वषीय राज कुमार राई रहेका छन् ।

प्रहरीका अनुसार अनुसन्धानको क्रममा जिल्ला भोजपुर पौवादुङ्मा गाउँपालिका ६ बस्ने २३ वषीय सुर्य राई ले प्रहरी जवान पदमा नयाँ भर्ना गराई दिन्छु भनि संगम राई, रागर राइबाट एकलाख अठार हजार रुपैया र सरोज राईबाट दुईलाख लिएका थिए ।

उक्त कार्यमा संलग्न ६ जनालाई १ नं. प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरले पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाईएकोमा शिक्षा ऐन २०२८ को दफा १७ को १ (क) बमोजिम परीक्षा सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट दिन ५ को म्याद लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया