शुक्रबार, चैत १६, २०८०

नेप्सेमा १२.५ अंकले वृद्धि

मेरोन्यूज २०७८ साउन २० गते १६:०१

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक १२ दशमलब ५ अंकले वृद्धि भई ३ हजार १ सय २३ दशमलब १४ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ३९ प्रतिशत बढी हो ।

कारोबार भएका ११ कम्पनी समुहका उपसुचकमध्ये ६ वटाले नाफा कमाएको स्टक एक्सचेञ्जले जनाएको छ ।

स्टक एक्सचेञ्जका अनुसार कारोबार भएका कूल २ सय २५ कम्पनीका १ लाख ४४ हजार ८ सय ८७ कारोबारबाट १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २ सय ७१ रुपैयाँ बराबरका २ करोड ८८ लाख १३ हजार ८ सय ३१ कित्ता शेयर किनबेच भएका छन् ।

प्रतिक्रिया