बिहीबार, चैत १५, २०८०

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्य भन्छन् : उपयुक्त जिम्मेवारी दिए राजीनामा दिन तयार छु

मेरोन्यूज २०७८ साउन २० गते १५:२६

काठमाडौं । उर्जामन्त्री पम्फा भुसालले प्राधिकरण सुधारका लागि पूनः कुलमान घिसिङलाई जिम्मेवारीमा ल्याउने तयारी गरेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफुलाई उपयुक्त जिम्मेवारी दिए आफु राजीनामा दिन तयार रहेको बताएका छन् ।

वुधबार उनले आकस्मिक पत्रकार सम्मेलन गरेर अहिलेसम्म आफुलाई कोही कसैले पनि राजीनामा दिन निर्देशन नदिएको तर उपयुक्त जिम्मेवारी दिएर राजीनामा दिन आग्रह गरिए भने मार्गप्रसस्त गर्न तयार रहेको बताएका हुन् ।

उनले आफुलाई सरकारले विद्युत प्राधिकरणको जिम्मेवारीवाट अन्यत्र लान चाहेको भए पनि उपयुक्त विकल्प भने दिनुपर्ने वताए । ‘म उपयुक्त जिम्मेवारी सहितको विकल्प दिए राजीनामा दिन तयार छु’ शाक्यले भने,–‘विकल्प दिए अदालत जान्न। अन्याय भए त अदालत जानै पर्छ। मलाई यो चाहिन्छ भन्ने छैन। सरकारसँग थुप्रै विकल्प छन् । मेलै गर्न सक्ने काम प्राधिकरणमा गरेको छु। आफ्नो काममा सन्तुष्ट छु।’

प्रतिक्रिया