शुक्रबार, वैशाख १४, २०८१

राजनीतिमा आउने पूर्वकप्तान पारस खड्काको संकेत

मेरोन्यूज २०७८ साउन २० गते १४:५८

काठमाडौँ । नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले राजनीतिमा आउने संकेत गरेका छन् । उनले क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउने बताएका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको पछिल्लो दिन बुधबार पत्रकार सम्मेलन गर्दै खड्काले आफ्नो पहिलो प्राथमिकता क्रिकेट संघको सुधार गर्ने बताएका छन् । उनले भने, ‘आजबाट मेरो करियर सुरु भएको छ, यो चुनौतिपूर्ण छ ।’

पत्रकार सम्मेलनमा बोल्दै उनले आगामी दिनमा क्रिकेट एकेडेमी खोल्ने र त्यसलाई देशभर पुर्याउने योजना रहेको बताए ।

प्रतिक्रिया