शनिबार, वैशाख ८, २०८१

सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ निष्काशन

मेरोन्यूज २०७८ साउन २० गते १२:२७

काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्सले प्राथमिक शेयर (आइपिओ) निष्काशन गरेको छ । कम्पनीले बुधबारदेखि सर्वसाधारणका हाल कायम जारी पूँजीको २ अर्बको ३० प्रतिशत अर्थात ६० करोड रकम बराबरको आइपिओ निष्काशन गरेको हो ।

प्रति शेयर १०० अंकित दरका ६० लाख कित्ता शेयर निष्काशन गरेको कम्पनीले जनाएको छ । जसमध्ये ५ प्रतिशत शेयर बराबर ३ लाख कित्ता सामूहिक लगानी कोष, ५ प्रतिशत शेयर बराबर ३ लाख कित्ता कर्मचारी र बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणका लागि हुने छ ।

कम्पनीको आइपिओमा आवेदन दिन चाहने सर्वसाधरणले आज बिहानदेखि आइतबार अपरान्ह ५ बजे भित्र आवेदन दिन सक्ने छन् । सबै शेयरका लागि आवेदन नपरेमा भदौ २ गतेसम्म शेयर बिक्री खुला रहने छ ।

प्रतिक्रिया