शुक्रबार, चैत १६, २०८०

मैनाली सचिवमा बढुवा

मेरोन्यूज २०७८ साउन १९ गते १९:३६

काठमाडाैं । सरकारले नेपाल प्रशासन सेवाका सहसचिव हरिप्रसाद मैनालीलाई सचिवमा बढुवा गरेकाे छ । आज बसेकाे मन्त्रिपरिषद्काे बैठकले मैनालीलाई अतिरिक्त समूहमा पदस्थापन गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मैनाली श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत थिए ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय हरि प्रसाद मैनाली, डिल्लीराज शर्मा र राज कुमार श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

जसमध्ये पहिलो नम्बरमा सिफारिस मैनालीलाई नै सरकारले बढुवा गरेको हो ।

Advertisement

प्रतिक्रिया