बिहीबार, वैशाख १३, २०८१

निषेधाज्ञाको उल्लंघन गरे उपत्यका प्रशासनले कारबाही गर्ने

मेरोन्यूज २०७८ साउन १९ गते १६:०३

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पछिल्लो समय भीडभाडजन्य क्रियाकलाप बढेको भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले मंगलबार एक सूचना जारी गर्दै कोरोना संक्रमणको उच्च जोखिम रहेका बेला पनि विभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, ¥याली जस्ता गतिविधि नगर्न आग्रह गरेका हुन ।

‘कोभिड–१९ को संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकोले स्वास्थ्य मापदण्डविपरीत यस्ता गतिविधि नगर्न र नगराउन सबै पक्षलाई सूचित गरिन्छ ।’, जारी सूचनामा भनिएको छ, ‘जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे गराइएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने व्यहोरा समेत सूचित गरिन्छ ।’

‘जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गर्ने वा गराइएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने व्यहोरा सूचित गरिन्छ’ प्रशासन कार्यालयको सूचनामा भनिएको छ ।

प्रतिक्रिया