शुक्रबार, वैशाख ७, २०८१

२४ रुसी कूटनीतिज्ञलाई देश छोड्न अमेरिकी आदेश

मेरोन्यूज २०७८ साउन १९ गते १५:२४

वासिङ्टन । अमेरिकी सरकारले २४ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ । उनीहरुको प्रवेशाज्ञा सेप्टेम्बर ३ सम्ममा सकिने भएकोले उक्त समयसम्म अमेरिका छोडिसक्न भनिएको हो ।

अमेरिकामा रहेको रुसी दूतावासले सो कुराको जानकारी दिएको बताइएको छ । अमेरिकाका लागि रुसी राजदूत एन्टोली एन्टोनोभले भने, हामीलाई आगामी सेप्टम्बर ३ तारिख अगावै ती कूटनीतिज्ञले अमेरिका छोड्नु भनेर अमेरिकाले २४ जनाको सूची पठाएको छ ।

ती रुसी कूटनीतिज्ञले निर्धारित समयमै अमेरिका छोड्ने जानकारी राजदूत एन्टोलीले दिए ।

उनका अनुसार हाल अमेरिकाले प्रवेशाज्ञामा निकै नै कडाइ गरेकाले ती २४ जनाको स्थानमा तत्कालै अरु कूटनीतिज्ञ अमेरिका नआउने जानकारी पनि दिए ।
रासस

प्रतिक्रिया