शुक्रबार, वैशाख १४, २०८१

बालुवाटारमा शीर्ष नेताको बैठक सकियो, मन्त्रालय बाँडफाँटमा छलफल

मेरोन्यूज २०७८ साउन १८ गते १८:२०

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताबीचको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा शीर्ष नेताहरूबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी भएका थिए । बैठक सकिएसँगै नेताहरू बालुवाटारबाट बाहिरिएका छन् ।

बैठकमा मन्त्रिपरिषद विस्तार र दलहरुबीच मन्त्रालय बाँडफाँटका विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया