शनिबार, वैशाख ८, २०८१

एमालेका ४ सांसदलाई पदमा पुर्नबहाली नगर्न सर्वोच्चको आदेश

मेरोन्यूज २०७८ साउन १८ गते १७:५४

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका नेताहरूको सांसद पद पुनर्बहाली नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले एमालेका नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद पुनर्बहाली नगर्न अन्तरिम आदेश दिएको हो ।

माओवालीले उनीहरूलाई स्पष्टीकरणको मौका दिएर पार्टीबाट निष्कासन गरेको भन्दै सर्वोच्चले अन्तिम सुनुवाइमा बाँकी विवाद निरुपण हुने भन्दै सांसद पद पुर्नबहाली नगर्न आदेश दिएको हो ।

प्रतिक्रिया