बिहीबार, वैशाख १३, २०८१

सर्वोच्चको फैसलासँगै कर्णालीमा फ्लोर क्रस गर्ने एमालेका ४ सांसद पदमुक्त

मेरोन्यूज २०७८ साउन १८ गते १७:३४

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमाले कर्णाली प्रदेशका चार जना सांसदमाथि पार्टीले गरेको कारबाही वैधानिक भएको ठहर गरेको छ । उनीहरूले फ्लोर क्रस गरी नेकपा माओवादी केन्द्रको सरकार जोगाउन मद्दत गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले आज गरेको सुनुवाइसँगै उनीहरूमाथि पार्टीको कारबाही सदर भएको हो । उनीहरूले संसदीय दलको निर्णयविपरीत फ्लोर क्रस गर्नु लोकतान्त्रिक पद्धति एवम् संस्कार अनुकूल नभएको ठहर गरेको हो ।

एमालेले प्रदेश सभा सदस्यहरू प्रकाश ज्वाला, अम्बर थापा, कुर्मराज शाही र नन्दसिंह बुढामाथि कारबाही भएको हो । यस्तै, उनीहरूको सांसदबाट समेत पदमुक्त भएका छन् ।

इजलासले यसअघि न्यायाधीश प्रकाशमान सिंह राउतले पुनर्वहालीका लागि दिएको अन्तरिम आदेश खारेज गरेको छ ।

सर्वोच्चको आदेश

प्रतिक्रिया