शुक्रबार, वैशाख १४, २०८१

कारबाही माग गर्दै भारतीय दूतावासमा प्रदर्शन (तस्वीरहरू)

जुली गिरी २०७८ साउन १८ गते १७:१२

काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका भातृ संगठन युवा संघ नेपालको केन्द्रीय कमिटीले नेपालस्थित भारतीय दूतावासमा प्रदर्शन गरेका छन् । तुइन चढेर महाकाली नदी पार गरिरहँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन हटाउँदा नेपाली युवा बेपत्ता भएको भन्दै दूतावासमा प्रदर्शन गरेको हो ।

गत शुक्रबार भारतीय सीमा हुँदै नेपाल प्रवेश गर्ने क्रममा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए । उनी तुइन चढेर नदी पार गरिरहँदा एसएसबीले तुइन हटाइदिएका थिए ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया