शुक्रबार, वैशाख १४, २०८१

शेयर बजारमा ११ अर्बको कारोबार हुँदा झिनो वृद्धि

मेरोन्यूज २०७८ साउन १८ गते १६:५२

काठमाडौँ । शेयर कारोबारमा सोमबार नेप्से ४ दशमलव ६ अंकले बढेको छ । नेप्से अन्तिम समयमा ३ हजार ८५ दशमलव ७ बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।

सुस्ताएको सेयर बजारमा चमक धमक जलविद्युत समूहकै देखिएको छ । केही दिनदेखि निरन्तर उचालिएको जलविद्युत क्षेत्र ४ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ । आइतबार सबैभन्दा बढी कारोबार जलविद्युत समूहकै थियो ।

उच्च शेयर मूल्य गिरावट आउने १० कम्पनीमध्ये जलविद्युतका ७ वटा छन् । तर, सबैभन्दा बढी माउन्टेन हाइड्रो नेपालको ५ दशमलव ६४ प्रतिशतले घटेको छ । स्टक एक्सचेञ्जका अनुसार सोमबार कूल २ सय २६ कम्पनीका एक लाख ५ हजार ५ सय ७९ शेयर कारोबारबाट १० अर्ब ९८ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया