शुक्रबार, वैशाख ७, २०८१

कोभिड युनिफाइड केन्द्रीय अस्पतालबाट डा. गौतम हटाइए

मेरोन्यूज २०७८ साउन १८ गते १६:०३

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय डा. जागेश्वर गौतमलाई हटाइएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार मन्त्री स्तरीय निर्णय गर्दै उनलाई पदबाट हटाइएको हो ।

डा. गौतमको स्थानमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई ल्याइएको छ । नियुक्त भएदेखि नै उपकरण खरिद सेटिङमा मुछिएको भन्दै उनी विवादमा तानिएका थिए ।

उनलाई प्रसुती तथा स्त्री रोग अस्पताल थापाथलीमा सरुवा गरिएको बताइएको छ । उनी स्वास्थ्य मन्त्रालयको प्रवक्ता हुनु पहिले पनि प्रसुती अस्पतालका प्रमुख रहेका थिए ।

प्रतिक्रिया