शुक्रबार, चैत १६, २०८०

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पाण्डेको ‘सिभिल सोल्जर्स’ उत्कृष्ट

मेरोन्यूज २०७८ साउन १८ गते १५:४६

काठमाडौं । उत्कृष्ट चलचित्रलाई पुरस्कृत गर्दै नेपाल अन्तरराष्ट्रिय फिल्म फेस्टिभल ९निफ० सकिएको छ । निफ ५ दिनसम्म चलेको थियो । महोत्सवमा ‘सिभिल सोल्जर्स’ डकुमेन्ट्री उत्कृष्ट भएको छ । गणेश पाण्डेले निर्देशित गरेको ‘सिभिल सोल्जर्स’ डकुमेन्ट्री उत्कृष्ट भएको थियो ।

उक्त डकुमेन्ट्रीले ५ सय डलर पुरस्कार प्राप्त गरेको छ । यस्तै, राजेशप्रसाद खत्रीको निर्देशनमा बनेको ‘जुलुङ्गो’ उत्कृष्ट भएको छ । फिनल्याण्डको चलचित्र ‘उबरफ्रग’ एनिमेटेड विधामा उत्कृष्ट भएको छ । यो चलचित्रले ७ सय ५० डलरसहित मञ्जुश्री अवार्ड पाएको छ । महोत्सवमा वृत्तचित्रतर्फको अवार्ड स्विजरल्याण्डको ‘रिटर्न टू दि लस्ट इडेन’ले प्राप्त गरेको छ ।

यस्तै महोत्सवमा फिचर चलचित्रको राष्ट्रिय प्रतिस्पर्धामा ‘आमा खान्डो’ उत्कृष्ट भएको थियो । यो चलचित्र डान्डुप छिरिङले निर्देशन गरेका हुन् । यो चलचित्रले उत्कृष्ट निर्देशकको विधामा पनि अवार्ड पाएको छ । ‘आमा खान्डो’ चलचित्रले एक लाख पुरस्कार पाएको छ ।

यस्तै, अभिनेतातर्फ पुरुष र महिला दुबै अवार्ड ‘लाटकोसेरो’ले जितेको छ । यो चलचित्रबाट नविन शिल्पकारले अभिनेतातर्फ र सरिता गिरीले अभिनेत्रीतर्फ अवार्ड जितेका हुन् । फिचर तर्फ उत्कृष्ट पटकथाको अवार्ड ‘सरिता टेल मि हु आई एम’ले पाएको छ ।

यस्तै फिचर चलचित्रको अवार्ड बात्र्या बसुको निर्देशनमा बनेको ‘डिक्स्नेरी’ले जितेको छ । यो चलचित्रले १५ सय डलर पुरस्कार प्राप्त गरेको छ । छोटो चलचित्र तथा वृत्तचित्र विधामा दक्षिण कोरियाको ‘गड्स इटर डान्सेज’ले ५ सय डलर बागमती पुरस्कार जितेको छ । महोत्सवमा ६६ वटा चलचित्र प्रदर्शन गरिएको थियो ।

Advertisement

प्रतिक्रिया