बिहीबार, चैत १५, २०८०

प्रेस स्वतन्त्रताको रक्षा गर्न मुम्बई अदालतद्धारा शिल्पालाई आदेश

मेरोन्यूज २०७८ साउन १८ गते १५:४४

काठमाडौं । मुम्बई अदालतले भारतिय अभिनेत्री शिल्पा सेट्टिलाई प्रेस स्वतन्त्रताको रक्षा गर्न आदेश दिएको छ ।

अदालतले आज श्रीमान् राज कुन्द्रालाई पोर्नोग्राफी केसमा पक्राउ गरेर अनुसन्धान आगाडी बढाएका बेला सञ्चारमाध्यममा आएका समाचारलाई नकारात्मक शब्द प्रयोग गर्न नहुने भन्दै प्रेस स्वतन्त्रताको रक्षा गर्नुपर्नेमा जोड दिएको हो । थुनाका लागि तोकिएको समयमा अनुसन्धान पूरा नभएकाले अझै केहि दिनमा मात्र राजको फैसला हुने अदालतको निश्कर्ष छ ।

पोर्न चलचित्र बनाएर बेचेको आरोपमा प्रहरीले अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रालाई पक्राउ गरेर पोर्नोग्राफी केसमा अनुसन्धान अगाडि बढाएकोले चर्चित अभिनेत्री शिल्पा अनुशासनमा बस्नुपर्ने जनाएको द इकोनोमिक टाइम्सले जनाएको छ । अदालतले राजलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि गत शुक्रवार क्राइम ब्रान्चको टिम राजलाई लिएर उनको घर गएको थियो, जहाँ शिल्पा र राजलाई आमने–सामने राखेर सोधपुछ गरिएको थियो ।

मुम्बई पुलिसका अनुसार, सोधपुछको क्रममा शिल्पाले श्रीमानको बचाउ गरेकी छन् । पोर्नोग्राफी केसमा आफ्नो संलग्नता नरहेको र राजले पनि पोर्न चलचित्र बनाउने नगरेको उनले बयानमा भनेकी छन् । राजले पोर्न चलचित्र नभइ एरोटिक चलचित्र बनाउने गरेको शिल्पाको बयान उद्धत गर्दै प्रहरीले जनाएको छ । साथै उनले हटशट मूभी मेकिङमा आफ्नो कुनै रोल नभएको बताएकी छन् ।

उनले क्राइम ब्रान्चसँग भनेकी छन्, ‘मलाई हटशट मूभीको कन्टेन्टको बारेमा पनि जानकारी थिएन । र, यो एप्ससँग मेरो कुनै लेनदेन छैन ।’ पोर्न चलचित्र बनाएको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेपछि शिल्पाले इन्स्टाग्राममा एक पोस्ट लेख्दै आफूले चुनौतीको सामना गर्ने उल्लेख गरेकी छन् । यो मुश्किल घडीमा उनलाई बहिनी शमिता शेट्टीले साथ र हिम्मत दिएकी छन् ।

Advertisement

प्रतिक्रिया