शनिबार, वैशाख १५, २०८१

गभर्नर अधिकारी भन्छन्:- आईतबारसम्म मौद्रिक नीति आउछ

मेरोन्यूज २०७८ साउन १८ गते १५:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आइतबारसम्म मौद्रिक नीति ल्याउने बताएका छन् । गभर्नर अधिकारीले छिटोमा यहि शुक्रबारसम्म र ढिलोमा आइतबारसम्म मौद्रिक नीति ल्याउने तयारी भएको बताएका हुन् ।

मन्त्रालयमा सोमबार अर्थसचिवको करिब २ वर्ष जिम्मेवारी समालेका शिशिरकुमार ढुंगाना अर्थमन्त्रालयबाट बिदाई कार्यक्रममा बोल्दै उनले आइतबार सम्म मौद्रिक नीति ल्याउने बताएका छन् ।

उनले मौद्रिक नीति रोक्न सरकारले दबाब नदिएको प्रष्ट पार्दै भने, ‘सरकारले दबाब नदिएको तर नयाँ सरकार आएपछि बजेटको आकार र बजेटका प्राथमिकता फेरिन सक्ने भएकोले केहि ढिलाई भएको हो । ’ आगामी मौद्रिक नीति ब्यबसायीलाई र अन्य कोरोना प्रभावितलाई राहत गरि आउने गर्भनर अधिकारीले प्रतिबद्धता जाहेर गरेका छन् ।

अर्थसचिव परिवर्तन भएसँगै मौद्रिक नीति झनै पर धकेलिने सम्भावना बढेपनि राष्ट्र बैकले केहि दिन भित्रै मौद्रिक नीति ल्याउने तयारीमा गरेपनि अर्थसचिव परिवर्तन भएसंगै मिति पर धकेलिएको गर्भनर अधिकारीले बताए ।

अर्थमन्त्रालयबाट सचिव ढुंगानाको बिदाई, मरासिनीको स्वागत


सोही कार्यक्रम बिच अर्थसचिवको करिब २ वर्ष जिम्मेवारी समालेका शिशिरकुमार ढुंगाना अर्थमन्त्रालयबाट बिदा भएका छन् । महालेखा नियन्त्रक मधुकुमार मरासिनीलाई मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएपछि ढुंगाना प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएका हुन् । मन्त्रालयमा सोमबार एक कार्यक्रमको आयोजना गरी उनको बिदाई गरिएको अर्थमन्त्रालयले जनाएको छ ।

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको समयमा राजस्व सचिव रहेका उनी २ वर्ष अवधि पूरा भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएका थिए । खतिवडाकै समयमा अर्थसचिव डा. राजन खनालको अवकासपछि पुनः अर्थसचिव भएर अर्थमन्त्रालयमा आएका थिए । खतिवडापछि विष्णुप्रसाद पौडेलको कार्यकालमा पनि उनले अर्थसचिव भएर कार्यसम्पादन गरेका हुन् ।

अर्थसचिव नेपाल राष्ट्र बैंकको संचालक समितिमा पदेन सदस्य रहने भएकाले नवनियुक्त अर्थसचिव मरासिनीले सोमबार सपथ लिएकाले सहज भएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया