शुक्रबार, फागुन १८, २०८०

स्वास्थ्य राज्यमन्त्रीको घोषणा : सुरक्षाकर्मीबाहेक राज्यबाट कुनै सेवा सुविधा लिन्न

मेरोन्यूज २०७८ साउन १८ गते १२:२२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले राज्यबाट सुरक्षाकर्मीबाहेक आफूले राज्यबाट पाउने कुनै सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

राज्यमन्त्री श्रेष्ठले राज्यबाट पाउने पारिश्रमिक, आवास, भत्तालगायत कुनै सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

उनले आफू यसअगाडि आबद्ध रहेका सबै व्यवसाय त्यागेको भन्दै उनले स्वार्थ बाँझिने कुनै पनि काम नगर्ने स्पष्ट पारे । उनका अनुसार आफ्नो पहिलो प्राथमिकता नै खोपको व्यवस्थापन र वितरण रहेको छ ।

प्रतिक्रिया