शुक्रबार, चैत १६, २०८०

एमाले विवाद मिलाउने ‘मूड’मा माधव नेपाल !

समान हैसियतका दुई अध्यक्ष र निर्णय प्रक्रियामा दुवै अध्यक्षको हस्ताक्षर चल्ने प्रस्तावमा ओली तयार भए विवाद अव मिल्ने

मेरोन्यूज २०७८ साउन १७ गते १९:४४

काठमाडौं । एमाले विभाजनको दोषी नबन्न र बराबरी हैसियतका दुई अध्यक्षको प्रस्तावमा पार्टी विवाद मिलाउन आफ्नै समुहभित्रका नेताहरुको चर्काे दवाव पछि एमाले वरिष्ठ नेता माधव नेपाल पार्टी विवाद मिलाउने मूडमा देखिएका छन् ।

समान हैसियतका दुई अध्यक्ष र निर्णय प्रक्रियामा दुवै अध्यक्षको हस्ताक्षर अनिवार्य गर्ने प्रस्तावमा अध्यक्ष केपी ओली तयार रहे नेपाल अव एमालेभित्रको विवाद मिलाउने मूडमा देखिएका हुन ।

यही शर्तवन्दी सहित एकताको आह्वान गर्न नेपाल पक्षका स्थायी कमिटि सदस्यहरुको बैठक आजै बस्ने तयारी छ ।

यो बैठकवाट एकताका लागि ओली सामु त्यस्तो प्रस्ताव गर्ने तयारी नेपाल पक्षको छ । ओलीले दोस्रो अध्यक्ष दिने प्रस्ताव नेपाल सामु यस अगाडी नै पठाईसकेका थिए । तर नेपालले दोस्रो अध्यक्ष भन्ने भन्दा पनि समान हैसियतका दुई अध्यक्ष र पार्टीको निर्णय प्रक्रियामा दुवैको अनिवार्य हस्ताक्षर गराउनु पर्ने शर्त अगाडी सारेका थिए ।

Advertisement

निर्णय प्रक्रियामा अनिवार्य दुवै अध्यक्षको हस्ताक्षर गरिए आफनो समुहका नेता कार्यकर्ताको आसन्न स्थानिय तहको चुनाव देखि संघ-प्रदेश सम्मको चुनावमा टिकट सुरक्षित गर्न सकिने र ओलीको पेलाईमा पर्न नपर्ने विश्वास नेपालले लिएको देखिन्छ ।

त्यही भएर नै उनले पार्टीको शक्ति सन्तुलनमा हिस्सा खोजेका हुन् । त्यसका लागि विद्यान संसोधन गरेर जाने विषयमा पहिले नै सहमति जनाउनु पर्नेमा नेपाल देखिएका छन् । ओली पक्षले त्यसका लागि केन्द्रीय कमिटिबाट निर्णय गराएर मात्र विद्यान महाधिवेशनमा लैजान सकिने यस अगाडी अनौपचारिक प्रस्ताव नेपाल सामु पठाएका थिए ।

नेपाललाई विवाद मिलाउन शनिवार साँझ आफ्नै समुहका नेताहरु भीम रावल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे लगायतका नेताहरुले कोटेश्वर निवासमै पुगेर पनि प्रेसर दिएका थिए ।

पछिल्लो समय विवाद मिल्ने र ‘पावर सेयरिङ’ मा समेत कुरा मिल्ने भए पार्टी एकढिक्का वनाएर जान नै नेपाललाई युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, वेदुराम भुषाल देखि रघुजी पन्त सम्मले पनि दवाव दिन थालेपछि नेपाल एमालेकै एकताको पक्षमा अडिग देखिएका छन् ।

उनले आइतबार विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत एमाले मिल्ने संकेत गरेका थिए । प्रचण्ड एमाले विवादमा नेपाल समुहको धारणा र सरकारमा सहभागिताका विषयमा ठोस जवाफ खोज्न नेपालकाहा पुगेका थिए ।

तर भेटमा नेपालले अव आफनो पार्टी भित्रको विवाद मिल्ने दिशामा गएको र समान दुई अध्यक्ष र निर्णय प्रक्रियामा अनिवार्य हस्ताक्षरको ब्यवस्था भए विवाद मिल्ने सुनाएका थिए ।

त्यसक्रममा उनले आज बस्ने आफनो समुहको स्थायी कमिटि बैठकले एउटा धारणा बनाउने र त्यसमा ओली तयार रहे एकतातिर जाने वताएका थिए । नेपालले पार्टी मिल्ने दिशामा गएकोले अव आफनो समुहका नेताहरु सरकारमा सहभागी हुन नसक्ने प्रष्ट जवाफ प्रचण्डलाई दिएका थिए ।

त्यसपछि प्रचण्ड पार्टी कार्यालय पेरिसडाडा पुगेर आफ्नो पार्टीको स्थायी समिति बैठकमा सहभागी भएका थिए । नेपालसँगको छलफलवाटै कुरा सुरु गरेका प्रचण्डले अव माधव नेपाल एमालेमै रहने र सरकारमा नआउने परिस्थिती देखा परेको विफ्रिङ गरेको माओवादी केन्द्रका एक स्थायी कमिटि सदस्यले मेरोन्यूजलाई बताए ।

‘माधव नेपाल पार्टीभित्रै र आफ्नै समुहमा पनि अप्ठ्यारो अवस्थामा हुनुहुन्छ । उहाँ अव एमालेतिरै एकतावद्ध हुने र सरकारमा उहाँको समुहका नेताहरु सहभागी नहुने अवस्था बनेको छ । आज उहाँसँगको छलफलमा उहाँको मुड महिले त्यही पाए,’ प्रचण्डको भनाई उदधृत गदै ति स्थायी कमिटि सदस्यले भने,–‘मन्त्रिमण्डल भागवन्डाका विषयमा अव फेरि थप छलफल गर्नुपर्ने आवश्यकता देखियो, आजै अन्य सता गठवन्धनसँग पनि छुट्टाछुट्टै र सामुहिक पनि छलफल गर्नुपर्ने भयो । त्यो साँझ सम्म म आफुले गर्छु । त्यसपछि मात्र मन्त्री विस्तार र मन्त्रीको नामका विषयमा छलफल गरौंला ।’

प्रचण्डले माधव नेपाल भेटनु अगाडी नेता नारायणकाजी श्रेष्ठको निवासमा श्रेष्ठ , वर्षमान पुन, देवेन्द्र पौडेल लगायतका नेताहरुसँगको छलफलमा थिए । त्यो छलफल सकेर उनी माधव नेपाल भेटन कोटेश्वर पुगेका थिए ।

एमाले नेता माधव नेपाललाई कार्यदलमा रहेका भनिएका नेताहरुले धोका दिएको र साथ दिईरहेका युवराज ज्ञवाली, वेदुराम भुषाल र रघुजी पन्तहरुले पनि पछिल्लो समय पावर सेयरिङ लगायतमा कुरा मिल्छ भने मिल्नै दवाव वढाउन थालेपछि माधव नेपाल अहिले अप्ठ्यारोमा रहेको प्रचण्डले पार्टी बैठकमा विफ्रिङ गरेका थिए ।

नेपालले वरावरी हैसियतका दुई अध्यक्ष र निर्णय प्रक्रियामा हस्ताक्षर लगायतका विषयमा विहिवार सुवास नेम्वाङ र शुक्रवार विष्णु पौडेलसँग लामै छलफल गरेका थिए । उनले एकताका लागि नेतृत्व सम्वन्धी तिन विकल्प प्रस्तुत गरिरहेका थिए । त्यसमध्ये जुनमा सहमति भएपनि नेपाल अव विवाद मिलाउने मुडमा देखिएका हुन् ।

नेपालले दुई समान हैसियतका अध्यक्ष, निर्णयमा हस्ताक्षर अनिवार्य, अध्यक्षमण्डल बनाउने र ओली र आफु दुवैले नेतृत्व छोडेर अर्काै पुस्ताका नेतालाई नेतृत्व जिम्मा लगाउने विकल्प अगाडी सारेका थिए । नेपाल समुहको यो विकल्पमा ओली तयार भए अव नेपाल विवाद टुग्याउने दिशामा गएका हुन ।

प्रचण्डसँगको भेटमा नेपालले ओलीले आफुले उठाउँदै आएको नेतृत्व सम्वन्धी प्रस्तावमा सहमती जनाए एमाले विवाद अव मिल्ने वताएका थिए । तर नेपालले काग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको सरकारको विरोध भने अहिले नगर्ने वचन पनि प्रचण्डलाई दिएको प्रचण्डले स्थायी कमिटि बैठकमा सुनाएका थिए ।

‘सरकारमा नआएपनि, एमालेभित्रै मिलेपनि उहाँ ९माधव०ले सरकारको विपक्षमा वोल्दिन भन्नुभएको छ । एमालेमै रहेपनि आफनो समुहले सरकारको विरोध नगरी साथ दिने कुरा नै गर्नुभएको छ,’ नेपालले दिएको वचन सुनाउँदै प्रचण्डले भनेका थिए ।

मन्त्रीको नाममा भोलि छलफल गरौला
नेपालसँगको छलफलको विफ्रिङ आफनो पार्टीको स्थायी कमिटि बैठकमा गरेका प्रचण्डले पार्टीबाट मन्त्री हुनेहरुको नाममा भने भोलिको बैठकमा मात्र छलफल गर्ने बताएका छन् । ‘माधव नेपाल समुह सरकारमा नआउने भएपछि सत्ता साक्षेदार दलहरुका वचिमा फेरि एकपटक छलफल गर्नुपर्ने आवश्यकता देखियो, आज साझ सम्म अलग अलग र संयुक्त छलफल म गर्छु । त्यसपछि मन्त्रालय भागवन्डा टुग्गो लगाएर पार्टीको तर्फबाट कसलाई कसरी पठाउने भन्नेमा एउटा लिष्ट तयार पार्छु । त्यसलाई भोलिको बैठकमा ल्याएर म राखौंला । त्यही दिउँसो ३ वजे बैठकमा छलफल गरौ । सहमति जुटे त्यही अनुसार जाऔंला , सहमति नजुटेमा अध्यक्षले जिम्मा लिएर म आफै टुग्गो लगाउँला,’ प्रचण्डले मन्त्री छान्ने विषयमा स्थायी कमिटि बैठकमा भनेका थिए ।

प्रतिक्रिया