मंगलबार, फागुन २२, २०८०

सुनको भाउ घट्यो

मेरोन्यूज २०७८ साउन १७ गते १२:४३

काठमाण्डौ । साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

गत शुक्रबार प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन सस्तो भएपनि चाँदीको मुल्य भने स्थिर रहेको छ । महासंघका अनुसार गत साताको अन्तिम कारोबार मुल्यजस्तै आइतबार प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया