शनिबार, फागुन १२, २०८०

आज कर्णाली, लुम्बिनी, गण्डकी र सुदुर पश्चिम प्रदेशमा भारी वर्षा हुने

मेरोन्यूज २०७८ साउन १७ गते ८:२४

काठमाडौं । हाल देशभर सामान्य बदली रही प्रदेश १ का केहि स्थानहरुमा र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भैरहेको छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कर्णाली, लुम्बिनी, गण्डकी र सुदुर पश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रदेश १, गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको मौसम सम्वन्धी बुलेटिनमा उल्लेख छ।

Advertisement

प्रतिक्रिया