शुक्रबार, जेठ ४, २०८१

चाबहिलबाट ४ जना चिकित्सक पक्राउ

मेरोन्यूज २०७८ साउन १६ गते २१:२९

काठमाडौँ । प्रहरीले चाबहिलबाट ४ चिकित्सकलाई पक्राउ गरेको छ । मेडिकल काउन्सिलको उजुरीमा प्रहरीले चाबहिलबाट उनीहरूलाई पक्राउ गरेको हो ।

Advertisement

काउन्सिलको स्वीकृती नै नलिई अभ्यास गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चाबहिलबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा चाबहिलको ओमकार डेन्टल होम प्रालिका सञ्चालक ४६ वर्षीय राधाकृष्ण तामाङ, सञ्चालक तथा चिकित्सक ४० वर्षीय डा रावेद रन्जनकुमार ठाकुर, ३१ वर्षीय डा सौरभ कुमार र कर्मचारी २७ वर्षीय सन्जु साह रहेको सिआइबीका डिआइजी धीरजप्रताप सिंहले पुष्टि गरेका छन् ।

उनले अहिले साँझ पक्राउ परेकाले विस्तृत अनुसन्धान हुन बाँकी रहेको बताए । यसअघि प्रहरीले नक्कली प्रमाणपत्र पेश गरी अस्पतालमा कार्यरत चिकित्सकलाई पक्राउ गरेको थियो । डिआइजी सिंहले उनीहरूको छानबिनपछि विस्तृत विवरण सार्वजनिक गर्ने बताए ।

प्रतिक्रिया