शुक्रबार, जेठ ४, २०८१

नेपाली युवा तर्दै गरेको तुइन निकालिदिएको भन्दै चार पार्टीले गरे विरोध

मेरोन्यूज २०७८ साउन १६ गते २०:०२

काठमाडौँ । दार्चुला जिल्लाको व्यास गाउँपालिका २ का ३५ वर्षीय जयसिंह धामी महाकाली नदीमा तुइन तर्दै गर्दा भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन निकालिदिँदा हराएको भन्दै चार कम्युनिष्ट पार्टीले संयुक्त विज्ञप्ति जारी गरेको छ ।

Advertisement

नेकपा (क्रा.मा.)का महासचिव मोहन वैद्य किरण, नेपालल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपाका अध्यक्ष ऋषिराज कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक आहुतिले हस्ताक्षर गरी विज्ञप्ति जारी गरेका हुन् । विज्ञप्तिमा घटनालाई अमानवीय, आततयी र बर्बरतापूर्ण घटना भएको भन्दै निन्दा गरिएको छ ।

‘यो घटना नेपाली राष्टिय स्वाधिनतामाथिको भारतीय शासक वर्गको नांगो षड्यन्त्र र हस्तक्षेप हो, यो घटनाबाट बेपत्ता जयसिंह धामीको अवस्था सार्वजनिक गर्न, पीडित परिवारलाई न्याय र राहतको व्यवस्था गर्न, दोषीलाई कारबाही गर्न विश्वासिलो छानबिन अगाडि बढाउन नेपाल सरकारसँग हामी चार पार्टी जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया