शुक्रबार, जेठ ४, २०८१

जसपामा निर्वाचनद्वारा दलको नेता चयन हुँदै

मेरोन्यूज २०७८ साउन १६ गते १३:२२

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।

Advertisement

शनिबार बसेको बैठकले पार्टीमा संसदीय दलको नेता चयन गर्ने भएको छ । सुरुमा सर्व सहमतिले दलको नेता चयनको प्रयास भएको थियो । तर, सर्वसहमतिमा दलको नेता चयनमा सहमति हुन नसकेपछि निर्वाचनमार्फत दलको नेता चयन हुने भएको हो ।

निर्वाचनमार्फत दलको नेता चयन हुने भएसँगै निर्वाचन समितिद्वारा निर्वाचन तालिकासहित विधि र प्रक्रिया सार्वजनिक भइसकेको छ । बैठकमा २१ जना संघीय सांसदहरू उपस्थिति भएका छन् ।

प्रतिक्रिया