शुक्रबार, जेठ ४, २०८१

भारतीय एसएसबीले तुइन काटिदिँदा नेपाली युवा बेपत्ता भएपछि छानबिन गर्न माग

मेरोन्यूज २०७८ साउन १५ गते २०:०३

काठमाडौँ । नेपाली कांग्रेसले भारतको उतरा खण्डस्थित पांगल हुँदै दार्चुलाको खलंगा आउँदै गरेका युवक तर्दै गर्दा तुइन काटेपछि महाकाली नदीमा बेपत्ता भएको भन्दै छानबिन गर्न सरकारसँग माग गरेको छ । आज भारतीय एसएसबीले तुइन काट्दा एक नेपाली युवक बेपत्ता भएका थिए ।

Advertisement

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारे संवाद गर्न आग्रह गरेका हुन् । आफ्नो नागरिकलाई न्याय दिलाउन तथा सम्बन्धित परिवारजनलाई राहत दिन वा दिलाउन सरकारसँग माग गरिएको हो ।

प्रतिक्रिया