कोभिडका कारण घरेलु र महिला हिंसाका घटना बढे : सासंद संग्रौला

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले महिला सुरक्षाका लागि उच्च प्राथमिकता दिन सरकारसँग माग गरेकी छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद संग्रौलाले कोभिडका कारण घरेलु हिंसा र महिला विरुद्ध हिंसाका घटनाहरु बढेका बताईन् ।
उनका अनुसार कोरोना महामारीका कारण लाखौं जनताले रोजगारी गुमाएका छन्। लाखौं बालबालिकाले पढ्न पाएका छैनन्।
सरकारले कोभिड विरुद्ध खोप पुराउने कामलाई सर्वोच्च प्राथमिकता दिनुका साथै आर्थिक रुपले कमजोर वर्गलाई तत्काल राहत घोषणा गर्न सांसद संगौलाले आग्रह गरिन् ।
सांसद संग्रौलाले शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आम जनताको अपेक्षा बढेको बताइन् ।
उनले भनिन् ,‘प्रहरीको तथ्यांकअनुसार पछिल्लो समय दिनमा औसत २२ महिला, किशोरी र बालिका हराउने गरेका छन् । तीमध्ये करिब १० जना भेटिन्छन् । आधाभन्दा बढीचाहिँ हराइरहेका छन्। त्यसैले नयाँ सरकारलाई महिला सुरक्षाका लागि उच्च प्राथमिकता दिन पनि माग गर्दछु।’
‘











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया