शनिबार, फागुन १२, २०८०

मदन पुरस्कारका लागि ९ पुस्तक छनौंट

मेरोन्यूज २०७८ साउन १५ गते १७:०२

काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार (२०७७)’का लागि ९ पुस्तकहरू छनौट गरेको छ । गुठीले शुक्रबार २०७७ मा प्रकाशित भएका पुस्तकमध्येबाट पुरस्कारका लागि ९ पुस्तक छनौट गरेको हो ।

छनौटमा परेका यी पुस्तकमध्ये गुठीले एउटा पुस्तकलाई २०७७ सालको मदन पुरस्कार दिनेछ । गुठीले पुरस्कारका लागि एकलव्यको देब्रे हात, करिया, कल्पग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गो, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह छनौट गरेको छ ।

प्रतिक्रिया