बिहीबार, वैशाख १३, २०८१

चिनियाँ विदेशमन्त्री वाङ र तालिवान नेता घानीबीच भेट

मेरोन्यूज २०७८ साउन १४ गते १८:०६

काठमाडौँ । तालिवान नेता मुल्लाह अब्दुल घानीसहितको टोलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेको छ ।

चीन पुगेको घानी नेतृत्वको टोलीले विदेशमन्त्री वाङसँग चीनको उत्तरपूर्वी शहर तियान्जिनमा भेटे भएको हो । भेटका क्रममा विदेश मन्त्री यीले अफगानिस्तानको पुर्नसंरचना र मेलमिलापमा तालिवानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरेको दी इकोनोमिक टाइम्सले जनाएको छ ।

चीनको राष्ट्रिय सुरक्षालाई प्रत्यक्ष खतरामा पार्न सक्ने इस्ट तुर्किस्तान इस्लामिक मुभमेन्टलाई नसघाउन पनि उनले तालिवानलाई आग्रह गरेका छन् । जवाफमा तालिवान नेताहरले चीनलाई खतरा हुने कुनै कामका लागि अफगानिस्तानको भूमि प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरेको जनाइएको छ ।

अमेरिकी र नाटो सैनिक अफगानिस्तानबाट फर्किएलगत्तै तालिवानले चीनसँग सम्बन्ध बढाउन खोज्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

प्रतिक्रिया