शुक्रबार, वैशाख ७, २०८१

तीन नेतालाई दियो जसपाले मन्त्री छान्ने जिम्मा

मेरोन्यूज २०७८ साउन १३ गते १९:१२

काठमाडौं । जनता समाजवादी पार्टीले पार्टीका तर्फबाट सरकारमा जाने मन्त्रीहरु छनौट गर्ने जिम्मा तीन नेतालाई दिएको छ ।

हिजो देखि ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा वसेको बैठकले सरकारमा सहभागी हुने पार्टीका मन्त्रीहरु छनौटको जिम्मा पार्टीका तीन नेतालाई दिएको कार्यकारणी समितिका सदस्य मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

अव पार्टीका तर्फबाट मन्त्री अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा बाबुराम भटटराई र नेता अशोक राईले छलफल गरेर छान्ने छन् ।

बैठक भोलि बिहीबार पुनः तुलसीलाल स्मृति भवनमा बोलाइएको छ ।

प्रतिक्रिया