शुक्रबार, वैशाख १४, २०८१

रिलायबल लाइफ इन्स्योरेन्सका सीईओ लोहनीको कार्यकाल थपियो

मेरोन्यूज २०७८ साउन १३ गते १३:०७

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) नारायण लोहनीको कार्यकाल एक वर्षका लागि थप भएको छ ।

कम्पनीको सञ्चालक समितिले सीईओ लोहनीको कार्यकाल एक वर्ष थप्नका लागि बिमा समितिलाई गरेको सिफारीस स्वीकृती भएको हो ।

यहि १७ गते उनको पहिलो कार्यकाल सकिदैछ । सञ्चालक समितिले सीईओ लोहनीलाई १ वर्षको म्याद थपका लागि साउन १ गते निर्णय गरेर बिमा समितिमा स्वीकृतीका लागि पठाएको थियो ।

सञ्चालक समितिले निर्णय गरेपनि बिमा समितिले स्वीकृती गर्नुपर्छ । रिलायबल नेपालले प्रिमियममा प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया