शुक्रबार, वैशाख १४, २०८१

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

मेरोन्यूज २०७८ साउन १३ गते १२:५९

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । आज बस्ने भनिएको स्थायी समितीको बैठक स्थगित भएको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड व्यस्त भएकाले बैठक स्थगित गर्नु परेको जनाइएको छ ।

मंगलबार बसेको बैठकले बुधबार पुनः बैठक बस्ने निर्णय गरेको थियो । आजको बैठकले माओवादीका तर्फबाट मन्त्री बन्ने नेताहरुको नाम टुंग्याउने बताइएको थियो ।

बुधबार बालुवाटारमा बसेको सत्ता पक्षीय गठबन्धनको बैठकले मन्त्री छान्ने जिम्मा दलका शीर्ष नेतालाई दिएको छ । प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो पेश गर्न नेताहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया