बिहीबार, वैशाख १३, २०८१

टोकियो ओलम्पिकमा गौरिका खेल्दै

मेरोन्यूज २०७८ साउन १३ गते १२:००

काठमाडौं । ओलम्पिक अन्तर्गत पौडी खेलाडी गौरिका सिंहले बुधबार प्रतिस्पर्धा गर्ने छिन् ।

गौरिकाले महिलाको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने छिन् । गौरिकाको खेल नेपाली समय अनुसार बुधबार दिउँसो ३ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा गौरिका हिट १ मा रहेकी छिन् । यस हिटमा ४ खेलाडी छन् । गौरिका रहेको हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन् ।

१३ औं सागकी स्वर्णधारी गौरिका राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यमा रहेकी छिन् । यस स्पर्धामा गौरिकाकै नाममा राष्ट्रिय कीर्तिमान रहेको छ । टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडी सहभागी छन् ।

एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले मंगलबार नै प्रतिस्पर्धा गरिसकेका छन् । एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाए ।

प्रतिक्रिया