शुक्रबार, चैत १६, २०८०

सत्तागठवन्धन दलको बैठक बालुवाटारमा सुरु, मन्त्रालय भागवण्डा बैठककाे एजेन्डा

मेरोन्यूज २०७८ साउन १३ गते ९:४५
फाइल फाेटाे

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डललाई पूर्णता दिने विषयमा छलफल गर्न सत्ता गठवन्धन दलको बैठक सुरु भएको छ ।

वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भर्खरै सुरु भएको बैठकमा सरकारको साझा नीति लगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

बैठकमा कार्यदलका नेताहरुलाई पनि बोलाइएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकार सञ्चालनका लागि गठवन्धन गरेका छन् ।

उक्त गठवन्धनलाई एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले पनि साथ दिएको छ । गठवन्धन बैठकमा नेपाल समूहबाट विजय पौडल सहभागि भएका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुरद केसी पनि गठवनधन बैठकमा सहभागि हुन काठमाडौं आएका छन् ।

गठवन्धन दलको बैठकमा सरकारको साझा नीति तथा कार्यक्रम, मन्त्रालय भागवन्डा, सरकार विस्तार लगायतका विषयमा छलफल हुने गठवन्धन दलले जनाएका छन् ।

Advertisement

देउवाले शुक्रबारसम्म मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका छन् । यद्धपी गठवन्धन दलमा आकांक्षी धेरै हुँदा नेतृत्वमा सरकारमा कसलाई पठाउने भनेर निर्णय गर्न सकेका छैनन् ।

गत असार २९ गते नै देउवाले सरकारको नेतृत्व सम्हालेपनि कांग्रेस र माओवादीबाट २/२ जनालाई मात्र मन्त्री बनाएका छन ।

त्यसयता गत आइतबार कांग्रेस नेता उमेश श्रेष्ठलाई देउवाले स्वास्थ्य राज्यमन्त्री बनाएका छन् । यद्धपी उनलाई राज्यमन्त्री बनाएकोप्रति कांग्रेसकै नेताले आलोचना गरेका छन् ।

गठवन्धन बैठकपछि गठवन्धनमा आवद्ध सबै दलको छुट्टाछुट्टै बैठक बस्दै छ ।

काग्रेसको पदाधिकारी बैठक बस्दा माओवादी केन्द्रको स्थायी कमिटि बैठक बस्दैछ । जनता समाजवादी पार्टीको पनि कार्यकारिणी समितिको बैठक बस्दैछ ।

कांग्रेसको बैठक विहान ११ बजे बुढानिलकण्ठस्थित देउवाको निवासमा बस्दा माओवादी केन्द्रको बैठक दिउँसो ३ बजे पेरिसडाँडास्थित पार्टी कार्यलयमा बस्ने छ । जसपाको बैठक ललितपुरको बालकुमारीस्थित केन्द्रीय कार्यलयमा बस्ने छ ।

प्रतिक्रिया