शुक्रबार, वैशाख १४, २०८१

५ कम्पनीलाई स्पष्टिकरण बुझाउन ७ दिन थप, नत्र कालोसूचीमा

मेरोन्यूज २०७८ साउन १३ गते ९:२९

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच वटा कम्पनीलाई लिखित स्पष्टिकरण पेश गर्न थप ७ दिनको समय दिएको छ ।

तोकिएको समयमा स्पष्टिकरण नआएकाले सात दिन थप गरिएको र्काालयले जारी गरेको सूचनामा उल्लेख छ । विभिन्न पाँच वटा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राख्न सिफारिस भएको थियो ।

भंगरी निर्माण सेवा, फ्रेन्ड्स अर्विट कन्स्ट्रक्सन सर्भिसेस, नुरानी कन्स्ट्रक्सन, जलदेवी निर्माण सेवा र नेपालय आर्किटेड एण्ड बिल्डर्स प्रा. लि. लाई सरकारले कालोसूचीमा राख्न लागेको हो ।

तोकिएको मापदण्ड पूरा नगरेकाले कालोसूचीमा राख्न लागेको हो ।

प्रतिक्रिया