बिहीबार, वैशाख १३, २०८१

मन्त्रालयको भागवन्डा मिलाउन सत्तागठवन्धन दलको बैठक बस्दै

मेरोन्यूज २०७८ साउन १३ गते ९:०६

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डललाई पूर्णता दिने विषयमा छलफल गर्न सत्ता गठवन्धन दलको बैठक बस्दै छ ।

वालुवाटारस्थित प्रधानमन्त्रीकाे सरकारी निवासमा बस्ने बैठकमा सरकारको साझा नीति लगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

बैठकमा कार्यदलका नेताहरुलाई पनि बोलाइएको छ । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकार सञ्चालनका लागि गठवन्धन गरेका छन् ।

गठवन्धन दलको बैठकमा सरकारको साझा नीति तथा कार्यक्रम, मन्त्रालय भागवन्डा, सरकार विस्तार लगायतका विषयमा छलफल हुने बताइएको छ । देउवाले शुक्रबार सम्म मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया