बिहीबार, वैशाख ६, २०८१

आजका लागि विदेशी मुद्राको विनिमयदर, डलरको भाउ अझै बढ्यो

मेरोन्यूज २०७८ साउन १३ गते ७:५१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिददर १ सय १८ रुपैयाँ ८४ पैसा रहेको छ । यस्तै विक्रिदर १ सय १९ रुपैयाँ ४४पैसा कायम छ ।

अमेरिकासँगै अष्ट्रेलियन डलरको सहटी दर पनि महंगो भएको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४२ पैसा छ भने बिक्रिदर ८७ रुपैयाँ ८७ पैसा कायम रहेको केन्द्रीय बैंकको तथ्यङ्कमा उल्लेख छ । यस्तै जापानिज यन १० को खरिददर १० रुपैयाँ ७९ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ८५ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

मुद्रा महंगो भएको साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ६९ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ८३५ पैसा कायम छ । कतार रियाल १ को खरिददर ३२ रुपैयाँ ६४ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ८० पैसा छ ।

संयुक्त अरब इमिरेट्स युएई दिराम १ को खरिददर ३२ रुपैयाँ ३५ पैसा बिक्रिदर ३२ रुपैयाँ ५२ पैसा कायम रहेको छ । मलेसियन रिंगिट १ को खरिददर २८ रुपैयाँ ८ पैसा बिक्रिदर २८ रुपैयाँ २२ पैसा कायम छ ।

यसैगरी दक्षिण कोरियन वान १०० को खरिददर १० रुपैयाँ ३० पैसा बिक्रिदर १० रुपैयाँ ३५ पैसा रहेको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

अधिकांश राष्ट्रको विनिमयदरमा वृद्धि भएपनि युरोपियनसँगै केही राष्ट्रको गिरावट आएको छ । युरोपियन युरोको खरिददर १ सय ४० रुपैयाँ ४ पैसा बिक्रिदर १ सय ४० रुपैयाँ ७५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ६३ रुपैयाँ ७६ पैसा कायम छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ५९ पैसा रहेको छ ।

यसैगरि क्यानेडियन डलर १ को खरिददर ९४ रुपैयाँ ५० पैसा छ भने बिक्रिदर ९४ रुपैयाँ ९७ पैसा कायम छ । चाइनिज युआन १ को खरिददर १८ रुपैयाँ २८ पैसा बिक्रिदर १८ रुपैयाँ ३७ पैसा कायम भई घटेको छ ।

सिंगापुरको भने मंगलबार जस्तै समान रहेको छ । सिंगापुर डलर १ को खरिदर ८७ रुपैयाँ ३४ पैसा छ भने बिक्रिदर ८७ रुपैयाँ ७८ पैसा छ ।

प्रतिक्रिया