बुधबार, वैशाख १२, २०८१

कांग्रेसको पदाधिकारी बैठक आज पनि, टुङ्गिएन सदस्यता वितरणको विवाद

मेरोन्यूज २०७८ साउन १३ गते ७:४४

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक आज पनि बस्दै छ ।

बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा विहान ११ बजे बस्ने बैठकमा क्रियाशील सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुने कांग्रेसले जनाएको छ ।

नेता रमेश लेखक नेतृत्वको सो समितिले चार जिल्लाहरुमा देखिएको विवाद समाधान गर्न नसकेपछि मंगलबार अपूर्ण प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएको हो ।

सिमितले धनुषाको क्षेत्र नम्बर–४ र सर्लाहीको क्षेत्र नम्बर–२ को नयाँ क्रियाशील टुङ्ग्याउन नसक्दा पुराना मात्रको सिफारिस गरेको छ । यस्तै सप्तरी र बारा जिल्लाको नयाँ सदस्यबारे शीर्ष नेताहरुबाटै आवश्यक निर्णयका लागि अनुरोध गरिएको छ ।

आज बस्ने बैठकमा समितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरेर तल्ला तहका अधिवेशनको मति तय गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बताए ।

नेपाली कांग्रसले क्रियाशील सदस्यता वितरण सम्वन्धी विवाद टुङ्ग्याउन नसक्दा तल्लो तहका अधिवेशन तोकिएको कार्यतालिका अनुसार प्रभावित भइसकेको छ ।

सदस्यताको विवाद नै टुङ्ग्याउन नसक्दा कांग्रेसले मंगलबारबाट सुरु हुने भनिएको वडा तहको अधिवेशन स्थगित गरेको छ । कांग्रेसको १४ औं महाधिवेशन भने आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया