शुक्रबार, चैत १६, २०८०

‘तिमी छौ र’ भिडियोमा रोमाण्टिक मुडमा देखिए पुर्ण र नन्दिता

मेरोन्यूज २०७८ साउन १३ गते ७:०६

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस भिडियोमा गायक हिमाल सागरको स्वर, शब्द र संगीत रहेको छ। गीतलाई बाबु प्रधानले संगीत संयोजन गरेका हुन् ।

अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा शैलेश घलेले छायांकन गरेका हुन्। भरत रेग्मीले सम्पादन गरेको भिडियोलाई बिक्की पुलामीको निर्देशनमा तयार पारिएको हो ।

म्युजिक भिडियोमा मोडल लम्साललाई नायिका नन्दिता केसीले साथ दिएकी छिन्। भिडियोमा नायिका केसी निकै खुलेकी छिन्। पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

Advertisement

प्रतिक्रिया