बिहीबार, चैत १५, २०८०

आजको राशिफल: तपाईंको दिन शुभ/अशुभ थाहा पाउनुहोस

ज्यो. दिवाकर पन्त २०७८ साउन १३ गते ६:१६

काठमाडौं । आज २०७८ साल श्रावण महिनाको १३ गते बुधबार, श्रावण कृष्णपक्षको पञ्चमी तिथि । अब लागौं आजको राशिफलतर्फ

मेष
सेवा क्षेत्रमा रहनेहरुले पनि पेशागत जीवनमा मानसम्मान तथा पदोन्नतिको वातावरण बन्ने छ । नेतृत्व गर्ने अवसर प्राप्त हुने छ । ब्यापार व्यवसायमा सफलता प्राप्त हुने छ । न्याय, प्रशासन तथा ठेक्कापट्टामा सक्रियहरुको हकमा शुभ समय रहेको छ ।

वृष
धन सम्पत्तिको सहि सदुपयोग हुने छ, जसले पारिवारिक जीवनमा खुशीको वातावरण आउने छ । साझेदारीमा गरिएका कार्यहरुमा समस्याहरु देखा पर्ने छन् । धेरै आर्थिक महत्वाकांक्षा भन्दा औसत लक्ष्य कायम गर्दा तनाव कम हुन जाने छ । पेशागत जीवन चुनौतिले भरिएको हुने छ ।

मिथुन
मनोबलमा पनि बृद्धि हुने छ तर रिस कडा हुन जाँदा मिजासपनामा भने कमि आउने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । पेशागत जीवन तथा ब्यापार विजनेशमा बनाइएका योजनाहरु पुरा हुन अलि समय लाग्ने छ अर्थात ढिलाई हुने छ ।

कर्कट
सम्मानित हुने अवसर प्राप्त हुने छ । कर्मको साथ रहने भएकाले पेशा, ब्यापार विजनेशमा बृद्धि हुने छ । जोखिमपूर्ण क्षेत्रमा संलग्नहरुको आम्दानी बढ्ने छ । सूचना प्रविधि तथा ठेक्कापट्टा, कपडाका ब्यापार, ज्वेलरी आदी क्षेत्रमा संलग्नहरुले लाभ आर्जन गर्ने छन् ।

Advertisement

सिंह
भाग्यले साथ दिने छ । आफ्नो मेहनतबाट सन्तोष मिल्ने छ । धन धान्य तथा फाइनान्सियल अवस्थामा बृद्धि हुने छ । मार्केटिक तथा ब्राण्डिङ्गमा सफलता मिल्ने छ । साझेदारीमा गरिएका कार्यहरुमा उल्झन आउने छन् ।

कन्या
कर्मशिलता बढ्ने छ । तर कार्यालय तथा ब्यवसायमा प्राप्त जिम्मेबारी राम्रोसँग निभाउन नसक्दा विश्वासमा कमि आउने छ । आफू भन्दा माथिका हाकिमहरुसँग बादविवाद बढ्न पुग्ने भएकाले संयमित रहनु होला ।

तुला
पारीवारिक जीवनमा तनाब उत्पन्न हुने छ, भने पैतृक सम्पत्तिका विषयलाई लिएर मनमुटाब बढ्ने छ । पेट्रोलियम पदार्थ, खानि, फलाम, भाडाका सवारीसाधन सेवा, कल कारखानाजन्य क्षेत्रका व्यक्तिहरुलाई लाभ प्राप्त हुने छ । पेशागत जीवन औसत रहने छ ।

वृश्चिक
अन्योलता बढ्न जाँदा दुविधात्मक ब्यक्तित्व देखा पर्ने छ । नकारात्मक विचारले सताउला । पेशागत जीवन तथा ब्यापार ब्यवसायमा समस्या आउने भएकाले निकै सतर्क रहनु पर्नेछ । दोषारोपण खेप्नु पर्ने छ । दैनिक ज्याला समयमा प्राप्त नहुने चुनौति हुन जाने छ ।

धनु
भाग्यको साथ रहने भएकाले उन्नति प्रगति हुन पुग्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । पैतृक सम्पत्तिका विषयमा देखा परेका विवाद, मुद्धा मामिला सुल्झने तर्फ अघि बढ्ने छ । विदेश सेटलमेण्टमा भने समस्या दखिन पुग्ने छ ।

मकर
ब्यक्तित्वमा निखारता आउने भएता पनि रिस नियन्त्रण गर्न नसके अत्याधिक रुखो व्यक्तित्व बन्ने भएकाले यस बारेमा सतर्क रहनु होला । सेवा क्षेत्रमा संलग्नहरुलाई फाईदा पुग्ने छ । विज्ञान, सूचना, प्रविधि तथा सर्जिकल क्षेत्रमा संलग्न व्यक्तिहरुलाई लाभ प्राप्त हुने छ ।

कुम्भ
जीवनसाथिको साथले मेहनती बनाउने छ भने मनमा र पराक्रमीपना बृद्धि गर्ने छ । प्रेस, पब्लिकेशन, पत्रकारिता, विद्यालय, कलेज आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई लाभ प्राप्त हुने छ । अन्यको हकमा भने पेशागत जीवनमा समस्याहरु देखा पर्न जाने छ ।

मीन
मेहनतको कदर हुने छैन, मेहनत खेर जाने छ । यस्तो अवस्थाले मनमा निराशा उत्पन्न गराउने छ । पेशागत जीवनमा विभिन्न समस्याहरु देखा पर्न जाने छ । धन सम्पत्ति तथा वित्तिय विषयमा कटुता बढ्न पुग्ने छ । परिवारका सदस्यबीच यस विषयमा तिक्तता उत्पन्न हुने छ । श्रम क्षेत्रमा संलग्नहरुको हकमा समय औसत हुने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया