शनिबार, वैशाख ८, २०८१

भारत आएसँगै अमेरिकी विदेश मन्त्रीले गरे प्रधानमन्त्री देउवासँग टेलिफोन वार्ता

मेरोन्यूज २०७८ साउन १२ गते २१:४४

काठमाडौं । मंगलवार मात्रै भारत भ्रमणमा आएका अमेरिकी विदेश मन्त्री इन्टोनी ब्लिन्केनले प्रधानमन्त्री शेरवहादुर देउवासाग टेलिफोन वार्ता गरेका छन् ।

टेलिफोन वार्तामा नेपाल र अमेरिकाबीचको सहकार्यलाई थप अगाडी बढाउँदै लैजाने र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि संयुक्त रुपमा प्रयास गर्नेबारे मा छलफल भएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले जानकारी दिएका छन् ।

देउवा र ब्लिन्केनबीच अमेरिकाले उपहार दिएको कोरोना विरुद्धको १५ लाख खोप र कोरोना विरुद्धको अन्य सहायता लगायतका विषयमा कुराकानी भएको पनि जनाईएको छ ।

प्रतिक्रिया