शुक्रबार, वैशाख १४, २०८१

नेपालमै भेटियो डेल्टा भेरियन्टमा थप उत्परिवर्तन भएको ३ नमुना

मेरोन्यूज २०७८ साउन १२ गते २०:०३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा बढी संक्रामक मानिएको कोभिड १९ डेल्टा भेरियन्टमा थप उत्परिवर्तन भएको तीन ओटा नमुना फेला परेको जनाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ४७ वटा नमुनाहरुको जिनेमिक पहिचान गर्दा सबै डेल्टा भेरियन्ट (बी.१.६१७.२)  पुष्टि भएको र जसमध्ये ३ वटामा थप (के.४.१.७.एन) म्युटेसन भेटिएको पुष्टि गरेको छ ।

यसरी भेटिएका भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुमा असर पार्ने अध्ययनहरुले देखाएका छन् ।

मन्त्रालयले जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भागहरुबाट विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट छनौट गरी नमुनाहरु सिक्वेन्सिङका असार ३० गते भारत पठाएको थियो ।

यो सहित हालसम्म नेपालमा भेरियन्ट अफ कन्सर्नका रुपमा अल्फा र डेल्टा भेरियन्ट तथा भेरियन्ट अफ इन्टरेस्टका रुपमा कप्पा भेरियन्ट पुष्टि भएको छ ।

प्रतिक्रिया