मंगलबार, वैशाख ११, २०८१

सरकारले कोरोनाबिरुद्धको फाइजर खोप ६० लाख डोज खरिद गर्ने

मेरोन्यूज २०७८ साउन १२ गते १६:४७

काठमाडौं । सरकारले ६० लाख डोज अमेरिकाको फाइजर एन्ड बायोटेक कम्पनीले उत्पादन गरेको खोप खरिद गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार १२ देखि १८ वर्ष उमेरका बालबालिकालाई लक्षित गर्दै ६० लाख डोज फाइजर खोप खरिद गर्ने भएको छ ।

स्वास्थ्य सचिव लक्ष्मण अर्यालका अनुसार बालबालिकाका लागि आवश्यक १ करोड डोजमध्ये थप ४० लाख कोभ्याक्स संयन्त्रमार्फत ल्याइने भएको बताए ।
उनले भने ‘६० लाख डोज खोप खरिद गर्न फाइजरसँग सम्झौता भैसक्यो ।’ आगामी बैशाखसम्म खोप उपलब्ध गराउने फाइजरले जनाएको छ । फाइजरका लागि खोप खरिद गर्न आवश्यक रकम प्रबन्ध गर्न विश्व बैंकसँग ऋण सम्झौताको तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया