शुक्रबार, वैशाख ७, २०८१

मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री देउवा

मेरोन्यूज २०७८ साउन १२ गते १३:०२


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीले आज केही मन्त्री थप गर्न लागेका बालुवाटार स्रोतले जानकारी दिएको छ ।

असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले हालसम्म ६ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । देउवाले २९ गते आफूसँगै चार मन्त्रीलाई शपथ गराएका थिए । त्यसपछि देउवाले गत आइतबार स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए ।

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । दाहालले माओवादी कोटाबाट मन्त्री बन्नेको लिष्ट देउवालाई बुझाएको स्रोतले बताएको छ ।

सरकारमा सहभागिता लगायत विषयमा निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी बैठक पनि मंगलबार नै बस्दैछ ।

प्रतिक्रिया