बिहीबार, वैशाख १३, २०८१

कांग्रेस क्रियाशील समितिकै सदस्य गुरुङको ‘नोट अफ डिसेन्ट’

मेरोन्यूज २०७८ साउन १२ गते १२:५४

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदनमाथि समिति सदस्य कल्याण गुरुङले ‘नोट अफ डिसेन्ट’ जनाएका छन् । उनको फरक मत राख्दै समितिले तयार पारेको प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाएका हो ।

कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक सभापति देउवाको निवास बुढानीलकण्ठमा बसेको हो । सदस्यता छानबिनको काम नसकिएको र विवाद समाधन नभएको प्रतिवेदन बुझाइएको भन्दै गुरूङले नोट अफ डिसेन्ट लेखेका हुन् ।

‘हाम्रो समितिका निर्णय गर्ने केही आधारहरू निर्माण भएका छन्,’ उनले भने, ‘ती आधारहरूमा नेपाली कांग्रेसका विधान, नियमावलाी केन्द्रीय समितिका निर्णयहरू, केन्द्रीय समितिले पठाएको परिपत्रहरू र मापदण्डका आधारहरू रहेका छन् ।’

रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिले बारा, सप्तरी, धनुषा र सर्लाही जिल्लामा देखिएको विवाद समाधान नगरिकनै प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया