शुक्रबार, चैत १६, २०८०

कुन उमेर समूहका कतिले लिए कांग्रेस सदस्यता ?

मेरोन्यूज २०७८ साउन १२ गते १२:३७

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यमध्ये ६ लाख ५३ हजार ४३८ जना पुरुष रहेका छन् । १४ औँ महाधिवेशन क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले बुझाएको प्रतिवेदनअनुसार यो संख्या कूल सदस्यताको ७४ दशमलव २६ प्रतिशत हो ।

महिलाको संख्या एक लाख ९९ हजार ९७ जना रहेका छन् । यो संख्या २२ दशमलव ६२ प्रतिशत हो । अन्य लिङ्गबाट जम्मा एक सय ७६ जनाले सदस्यता प्राप्त गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेर बहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकमा प्रतिवेदन पेश भएको हो ।

यस्तै, उमेर समूहअनुसार सबैभन्दा बढी ४१ देखि ६० वर्षका कूल ३ लाख २८ हजार २३४ जनाले सदस्यता लिएका छन् । सबैभन्दा कम ७५ वर्षभन्दा माथिका उमेर समूहले ११ हजार ७८२ जनाले सदस्यता लिएका छन् ।

प्रतिवेदनमा प्रस्तुत भएअनुसार १६ देखि २५ वर्षसम्मका ४० हजार ४२७ जना, २६ देखि ४० वर्षसम्मका दुई लाख ४९ हजार ७७४ जना र ६१ देखि ७५ वर्षसम्मका ८३ हजार १० जनाले सदस्यता लिएका छन् ।

Advertisement

प्रतिक्रिया