शुक्रबार, वैशाख १४, २०८१

भारतको सीमा क्षेत्रमा गोली चल्दा ६ प्रहरीको मृत्यु

मेरोन्यूज २०७८ साउन १२ गते ११:१७

काठमाडौं । भारतको आसाम र मिजोरमका मुख्यमन्त्रीको विवादले गर्दा दुई प्रदेशको सिमा क्षत्रमा गोली चल्दा ६ जना प्रहरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा आसामका प्रहरी रहेको जनाइएको छ । आसाम सरकारका अनुसार सीमा सुरक्षामा खटिएका जवानहरुको गोली चलदा मृत्यु भएको हो ।

सोमबार राती भएको घटना आसामका मुख्यमन्त्री सरमा र मिजोरमका मुख्यमन्त्री जोरामथांगाबीचको विवादले भएको जनाइएको छ ।

केन्द्रीय गृहमन्त्री अमित शाहले दुवै राज्यका मुख्यमन्त्रीलाई शान्ति सुव्यवस्था कायम राख्न निर्देशन दिएका छन् ।

सीमा विवादकै कारण गत वर्ष पनि दुई प्रदेशबीच तनावको स्थिति सिर्जना भएको थियो ।

आसाम र मिजोरमबीच १ सय ६५ किलोमिटर लामो सीमा जोडिएको छ । सीमा निश्चित गर्ने प्रयास सन् १९९५ देखि नै चल्दै आएको छ । तर अहिलेसम्म यो कामले पूर्णता पाएको छैन । यही कारण दुई राज्यबीच बेलाबेलामा विवाद हुने गर्छ ।

आसामको लैलापुर जिल्ला विवादित सीमा क्षेत्रमध्ये एक हो । यसको ठूलो क्षेत्रमा मिजोरमले दाबी गर्दै आएको छ । यही विवादका कारण यहाँका धेरै व्यक्तिहरुले सरकारी सुविधा पनि पाएका छैनन् ।

प्रतिक्रिया