बिहीबार, वैशाख १३, २०८१

देउवा-प्रचण्ड भेटवार्ता : मन्त्रिपरिषद् विस्तारबारे छलफल

माधव नेपाल भेटेर माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवा भेटन वालुवाटार पुगेका थिए

मेरोन्यूज २०७८ साउन १२ गते १०:३६

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रीमण्डल विस्तारका विषयमा छलफल भएको छ ।

वालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज विहान भएको छलफलमा मन्त्रीमण्डललाई पूर्णता दिने विषयमा छलफल भएको हो ।

निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता विवाद टुङ्ग्याइदिएपछि दुई नेताबीच छलफल भएको हो । जसपाले केही दिन भित्रै सरकारमा सहभागि हुने सोमबार नै बताइसकेको छ ।

कांग्रेस सभापति देउवाले सरकारको नेतृत्व सम्हालेको दुई साता बित्दा समेत मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन् ।

मन्त्रीका आकांक्षी धेरै भएका कारण सत्ता गठवन्धन दलले कसलाई सरकारमा पठाउने भनेर निर्णय गर्न सकेका छैनन् ।

माधव नेपाल भेटेर माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवा भेटन वालुवाटार पुगेका थिए ।

विहान देउवालाई भेटनु अगाडी प्रचण्डले एमाले बरिष्ठ नेता माधव नेपाललाई उनकै निवास कोटेश्वर पुगेर भेट गरेका थिए । प्रचण्डले विहान साढे ७ वजे नेपाल भेटन उनको निवास कोटेश्वर पुगेका थिए । त्यसपछि उनी बालुवाटार गएका हुन् ।

प्रतिक्रिया