शुक्रबार, वैशाख १४, २०८१

प्रतिनिधि सभाको बैठक औपचारिकतामा सीमित, सरकारले विजनेस दिन सकेन

मेरोन्यूज २०७८ साउन १२ गते ८:४७

काठमाडौं । पुनर्स्थापनापछि औपचारिकतामा सीमित हुँदै आएको प्रतिनिधि सभाको बैठक आजका लागि बोलाइएको छ । दिउँसो १ बजे बस्ने बैठकमा सामान्य कार्यसूची राखिएको छ ।

संघीय संसद सचिवालयले तय गरेको सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यलयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्वन्धी पत्रको व्यहोरो सदनलाई जानकारी गराउने र प्रधानमनत्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गर्ने उल्लेख छ ।

यस्तै पूर्व सांसद विष्णु बहादुर तामाङको निधनमा शोक प्रस्ताव पारित हुने छ ।

तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट २०४८ सालको आम निर्वाचनमा सिरहा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित तामाङको ७५ वर्षको उमेरमा गत जेठ २० गते झापामा निधन भएको थियो । पछिल्लो समय उनी माओवादी केन्द्रमा आवद्ध थिए ।

प्रतिनिधि सभा पुनर्स्थापना भएपछि बैठक यही साउन ३ गते सुरु भएको थियो । यो बीचमा तीन वटा बैठक बसिसकेको छ । तर सरकारले सदनलाई विजनेस दिन सकेको छैन ।

प्रतिक्रिया